Gandak News
Our News Your Views

च्याम्पियन्स लिग: म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् ।

राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो ।

एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।

गएराति भएको दोस्रो खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पराजित ग-यो ।

सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको म्यान्चेस्टर सिटीको यो लगातार १९ औं जित हो ।

गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगका सबै ८ खेल सकिएका छन् ।

दोस्रो लेगका खेलहरु मार्च १० तारिखदेखि हुनेछन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस