पीएसएल खेल्न सन्दीप लाहोर प्रस्थान

पीएसएल खेल्न सन्दीप लाहोर प्रस्थान

Sandeep-Lamichhane-at-TIA

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तानको लाहोर प्रस्थान गरेका छन । पीएसएलको नयाँ सिजन गत हप्ताबाट सुरुवात भईसकेको छ ।

यस पटककको सिजनमा सन्दीपलाई कुनैपनि टोलीले अनुबन्धन गरेको थिएन । तर सिजन सुरु भएपछि पीएसएलको टोली लाहोर कलन्दर्सले उनलाई टोलीमा आबद्व हुन बोलाएको छ । कारण लाहोर कलन्दर्सका मुख्य खेलाडी तथा अफगानीस्तानका स्पीनर रशिद खान जिम्बाबे र अफगानीस्तानबीचको सिरिजको लागि गएकाले सन्दीपले यसपटकको पीएसएल खेल्ने मौका पाएका हुन ।

सन्दीप आवद्व टोली लाहोर कलन्दर्स अहिले पीएसएलको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा लाहोरले लिगचरणका ६ खेलहरु खेल्न बाँकि रहेको छ । यो अवस्थामा सन्दीपले भोलीहुने खेल बाहेक अन्य खेलहरु खेल्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds