भाग्यमानी हुन्छन् यी ५ स्थानमा कोठी हुने व्यक्ति

भाग्यमानी हुन्छन् यी ५ स्थानमा कोठी हुने व्यक्ति

kothi

समुन्द्रशास्त्रका अनुसार शरीरका विभिन्न अंगमा हुने कोठीले पनि फरक फरक अर्थ राख्ने गर्छ । यसले व्यक्तिको भविष्यको बारेमा संकेत दिन्छ । शरीरको कुनै कुनै स्थानमा भएको कोठीले व्यक्तिको भाग्य बताउने विश्वास गरिन्छ । जीवनमा सफलता, धन, शिक्षा आदिका बारेमा कोठीले बताउने विश्वास गरिन्छ ।

पिठ्युँमा कोठी
यस्ता व्यक्तिहरुको स्वभाव निकै रोमान्टिक हुन्छन् । यस्ता व्यक्तिहरुको जीवनमा कहिल्यै पैसाको कमि हुँदैन । जीवनभर प्रशस्त पैसा कमाउँछन् ।

आँखाको तल्लो भागमा कोठी
आँखाको तल्लो भागमा कोठी हुने व्यक्ति निकै रहस्यमयी हुन्छन् । यस्ता व्यक्ति कम बोल्छन् । यस्ता व्यक्तिहरु मेहनतका साथ उचाईमा पुग्नेमा विश्वास गर्छन् । यस्ता व्यक्तिहरु भाग्यभन्दा मेहनतमा विश्वास गर्छन् ।

चिउँडोको कोठी
चिउँडोमा कोठी हुने व्यक्ति सुन्दर देखिने मात्र होइन यसले शुभ संकेत पनि मानिन्छ । यस्ता व्यक्तिको जीवनमा कहिल्यै पैसाको कमि हुँदैन । यस्ता व्यक्तिको जीवनमा आयस्रोतको कमि हुँदैन ।

नाइटोमा कोठी
समुन्द्रशास्त्रका अनुसार पेटमा कोठी हुनु दुर्भाग्यको संकेत मानिन्छ । तर, नाइटोमा भएको कोठीले सौभाग्य जनाउँछ । यसले जीवनमा सफलता पाउने बाटो खुलाउने र आर्थिक स्थिती मजबुत गराउँछ ।

आँखीभौँको वरिपरी कोठी
शास्त्रका अनुसार आँखीभौँको वरिपरी कोठी हुनु शुभ मानिन्छ । यस्ता व्यक्तिको वैवाहिक जीवन सुखमय तरिकाले व्यतित हुन्छ । यस्ता व्यक्तिलाई जीवनभर परिवारको साथ प्राप्त हुन्छ । यी व्यक्तिहरु आर्थिक रुपमा सक्षम हुन्छन् । यी व्यक्तिहरु अत्यधिक पैसा पनि कमाउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ