सेभियालाई हराउँदै बार्सिलोना उक्लियो ला लिगाको दोस्रो स्थानमा

सेभियालाई हराउँदै बार्सिलोना उक्लियो ला लिगाको दोस्रो स्थानमा

barcilona

स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिडको ५५ अंक छ भने २४ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ ।

ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले डेपोर्टीभो आलाभेजलाई १–० ले हराउँदा लेभान्ते र एथ्लेटिक बिल्बाओ तथा आइबार र हुएस्काले एक एक गोलको बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds