म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

man-city

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित हात पारेको छ। गएराति भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले क्लबका लागि अभूतपूर्व सफलता हासिल गरेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा गत डिसेम्बर १५ यता एक अंक पनि गुमाएको छैन ।

ग्वार्डीयोलाले सिटीका लागि २ सय ७३ खेलमध्ये २ सय खेल जितेका छन् । गएरातिको जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा आफ्नो पकड बलियो पारेको छ । २६ खेलबाट सिटीको ६२ अंक भएको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १३ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा गएराति भएका अन्य खेलहरुमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई तथा वेष्ट ब्रोमले ब्राईटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ