प्रहरीको गोली लागि २ जना प्रदर्शनकारीको मृत्यु, कयौं घाईते

प्रहरीको गोली लागि २ जना प्रदर्शनकारीको मृत्यु, कयौं घाईते

myanmar

म्यानमारमा प्रहरीको गोली लागि २ जना प्रदर्शनकारीको मृत्यू हुनुकासाथै कयौं घाईते भएका छन। गत २७ दिन अघि सुरु भएको शैनिक शासनको विरुध्द सर्वसाधारणले प्रदर्शन गरेका थिए।

म्यानमारका प्रहरीले देवी शहरमा प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्दा १ जनाको मृत्यू हुनुकासाथै केही घाईते भएका थिए। यसैगरी प्रहरीले मुख्य शहर याङगुनमा गोली प्रहार गर्दा छातीमा लागेका एकजना सर्वसाधारणको अस्पताल लैजानेक्रममा मृत्यू भएको थियो। मृतकको पहिचान खुल्न सकेको छैन।

यस सम्बन्धमा पत्रकारले प्रहरी र त्यहाँ शासन गरिरेहको सैनिक परिषदका अधिकारीलाई फोन गर्दा उनिहरुले कुनै प्रतिकृया नजनाएको बताईएको छ।

म्यानमारमा गत महिनादेखि शैनिकले अपदस्तगरी शासन सत्ता आफ्नो हातमा लिईरहेकोछ भने निर्वाचित नेत्री आङसान सुकीतथा उनको पार्टीका नेताननहरुलाई बन्दी बनाईएको छ। गत नोभेम्बरमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक मतले बिजय हासिल गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds