कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको खोपको पहिलो खेप सरकारले प्राप्त गरेको छ ।
विभिन्न देशका सरकार, अन्तरराष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य सङ्गठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप सरकारलाई आज प्राप्त भएको हो ।
कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरेका तीन लाख ४८ हजार मात्रा अस्ट्राजेनेका खोपका साथै तीन लाख ५० हजार थान सिरिन्ज र तीनहजार पाँचसय थान सुरक्षित खोप बाकस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजै हस्तान्तरण गरिएको छ ।
कोभ्याक्सका प्राविधिक एवं आर्थिक साझेदारका प्रतिनिधिहरूको उपस्थितिमा खोप हस्तान्तरण गरिएको हो ।
कोभ्याक्स सुविधाका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न सामाजिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले सहयोग गरेका छन् ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ