प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ । शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २(० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ ।
सिटीको मैदानमा एतिहाडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक श ले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
सिटीका गाब्रीएल जर्ससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
५०औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित हात पार्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् ।
जितपछि २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ ।
युनाइटेडसंगको हारपछि सबैखाले प्रतियोगितामा गरेर सिटीको २८ खेलको अपराजित यात्रा टुंगिएको छ ।
सिटी पछिल्लो पटक सन् २०२० नोभेम्बरमा टोटनहमसँग पराजित भएको थियो ।
यस्तै सिटीको लगातार २१ खेलको जितको यात्रा पनि रोकिएको छ । प्रिमियर लिगमा लगातार १५ खेल जितेपछि सिटीले हार व्यहोरेको हो
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा