केही दिनयता भिडियो सेयरिङ साइट टिकटकमा धेरै मानिसले एउटा स्थानमा भिडियो बनाइरहेका छन् ।टिकटक हेर्ने जो कोही युजरले पनि त्यसलाई ‘वाउ’ भन्दै हेरिरहेका हुन्छन् । विश्वका अद्भुत स्थानदेखि हिमाल, पहाहड, खोला खोल्ची, पुल पुलेसासहित जंगली जनावरसम्मको फोटो र भिडियोका लागि यो स्थान यतिबेला चर्चित रहेको छ ।
काठमाडौं मलको पाँचौं तलामा रहेको यो आर्ट इन प्याराडाइजमा यस्ता सबैखालका विशेषता पाउन सकिन्छ ।
काठमाडौं मलमा थ्रीडी संग्रहालय ’आर्ट इन प्याराडाइज’ खुलेको छ। मलको पाँचौं तलामा रहेको आर्ट इन प्याराडाइज नेपालकै पहिलो थ्रीडी संग्रहालय भएको सञ्चालकहरू बताउँछन्। यहाँ कोरिएका चित्र झट्ट हेर्दा सामान्य लाग्नसक्छ । तर यहाँ फोटो, भिडिओ खिचाएर हेर्नुस्, थ्रीडी चित्रको भिन्नता आफैं पत्ता लाग्नेछ ।
यहाँ नौ थ्रीडी सेक्सनसँगै एउटा फोरडी र एउटा ३६० डिग्री भ्यू सेक्सन छ । सांस्कृतिक, संसारका सात आश्चर्य, फ्यान्टासी वर्ल्ड, अमेजन जोन, हिमाली भेग, जलीय तथा ध्रुवीय क्षेत्र, एक्वारियम वाकवे र समुद्रको गहिराइ अनुभूति थ्रीडीमा पाउन सकिन्छ ।
फोरडीमा हिमश्रृंखलाको अनुभव पाउन सकिन्छ। हिमालमै पुगेको अनुभव दिन यहाँको तापक्रम –४ डिग्रीसम्म पु-याइन्छ । फिँजको मद्दतबाट ’हिउँ’ पनि पारिन्छ । यो सेक्सनमा हिमालको टुप्पोमा पुगेर झन्डा फहराउँदै फोटो र भिडिओ खिचाउन सकिन्छ ।
यहाँको थ्रीडी सेक्सनमा एकपटकमा ६० जनासम्म र फोरडी सेक्सनमा १५ जनासम्म अटाउने क्षमता छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ