व्रत बस्दै हुनुहुन्छ ? जान्नुहोस्, व्रत सकिएपछि के खाने, के नखाने ?

व्रत बस्दै हुनुहुन्छ ? जान्नुहोस्, व्रत सकिएपछि के खाने, के नखाने ?

pashupatinath worshiped brata

व्रत बस्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ । सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् ।

दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले झोलिलो कुराकुराहरू खाएर ब्रत बस्न सकिन्छ ।

व्रतको समयमा स्वास्थ्यमा गडबडी आउन नदिन यस्ता छन् उपायहरू

व्रत खोलेपछि साबुदानाको खीर बनाएर खाने ।

रोटी, दाल, भात र तरकारी खाने

आँटाको रोटी बनाई आलूसँग खाने

पानी एकै पटकमा धेरै नपिउने । पटक पटक गरी पिउने

कोल्ड डिंक नपिउने

व्रतपछि एकैपटक धेरै खानेकुरा नखाने

व्रतको बेला चिया नखाँदा नै राम्रो ।

मसलेदार खाना नखाने ।

व्रत बसेको दिन प्रशस्त पानी पिउने

फलफूल र फलफूलको जुस पिउने

बदाम भिजाएर दुधमा लगाएर खाने

व्रत सकिएपछि यी खानेकुरा खानूस्

सलाद खाने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ