आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।
आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुर्याए । यो पेलेको ७६७ गोलभन्दा ३ गोलले बढी हो ।
खेलपछि पेलेले सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्दै रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइ दिए ।
पेलेले बधाइ दिएपछि रोनाल्डोले पनि इन्सटाग्राममा पेलेको प्रशंसा गर्दै पहिलो पटक कीर्तिमानबारे मुख खेलेका छन् ।
यद्यपि, पेलेको यो कीर्तिमान पनि विवादमा रहेको छ । चेक फुटबल एशोसिएसनले अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले ८२१ गोल गरेको दाबी गर्दै आएको छ । यद्यपि, रेक स्पोर्ट सकर स्टाटेस्टिक फाउन्डेसनको रेकर्ड अनुसार बिकानले ८०५ गोल गरेका थिए । तर, यसमध्ये २७ गोल र्यापिड भियानाको रिजर्भ र एमेचुअर टोलीका लागि र अन्य थप केही गोल आधिकारिक नमानिएका अन्तर्राष्ट्रिय खेलहरुमा गोल गरेका थिए । त्यसैले उनको आधिकारिक गोल संख्या ७५९ गोल मानिएको छ ।
जीतसँगै लिगको तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु