बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ।
शव व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताए।
प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य समस्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्याएका थिए। उक्त अस्पतालले स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्याएका थिए।
मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भाग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’