इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै सिटीले समग्रमा ४-० को जित हात पारेको हो ।
सिटीले पहिलो लेगमा पनि २-० कै जित हात पारेको थियो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र इल्के गुन्डोगानले एक एक गोल गरे ।
खेलको १२औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।
सिटी लगातार चौथो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस्तै मोन्चेनग्लाडबाकविरुद्ध दुई गोल गर्दै सिटीले यश सिजन सबैखाले प्रतियोगितामा गरेर १०१ गोल गरेको छ ।
रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा रियलले १-० को जित हात पारेको थियो ।
दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जामा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।
खेलको ३४ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा ब्न्जामाको यो ७०औं गोल हो ।
६०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् ।
८३औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६औं पटक युरोपियन कप/च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु