म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्र गर्ने योजना अघि बढाइएको छ ।
बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी करिडोरअन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको खण्डका रुपमा यो सडकलाई कायम गरेर सडक निर्माणलाई अगाडि बढाइएको हो । मालढुङ्गादेखि बेनीसम्म १३ किलोमिटर साँघुरो सडकलाई चौडा पारी मध्यपहाडी सडककै मोडेलमा निर्माण गरिने भएको छ ।
सडक निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेलाई छनौँट गरी सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । चैत महीनाभित्र निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई वैशाखबाट काम शुरु गर्ने तयारी रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख रामेश्वर लम्सालले बताए ।
उनका अनुसार तीन वर्षभित्र सडक निर्माण सम्पन्न गरिने लक्ष्य छ । कूल रु ७२ करोड लागत अनुमान गरिएको भए पनि सबैभन्दा कम मूल्यको प्रस्तावलाई स्वीकृत गरेर रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । सडक निर्माणका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काका लागि यसै वर्ष स्वीकृति दिएको थियो । यसअघि म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरलासम्म र मालढुङ्गादेखि बागलुङ र पर्वततर्फबाट समानान्तररुपमा सडकको काम भइरहेको थियो ।
मालढुङ्गाबाट बेनी पुग्नका लागि मालढुङ्गा–बेनी सडक वा बागलुङतर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने विषय अन्योलमा थियो । विसं २०४८ मा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरु भएको थियो । त्यसपछि मालढुङ्गा–बेनी–दरबाङ–सडक आयोजनाका रुपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङ मर्मतको काम गर्दै आएको छ । सडक स्तरोन्नति भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी