स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे। एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे। सोसिडाडका एण्डरले रक गोल फर्काए।
सोसिडाडको मैदानमा ग्रीजम्यानले ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो।
खेलको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३-० को बन्यो । ५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५-० ले अघि रह्यो। खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६-१ को जित दिलाए। यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्।
मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन्। मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन्।
जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ। बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला