मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

cycale_accident

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका–६ का ५५ वर्षीय इन्द्रबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २६ वर्षीय सेवन कोइरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ