पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा कोरोना संक्रमण फैलिएको छ । भारतको बोर्डरसम्मको एजुकेशनल टुरका कारण अहिले डब्लूआरसी कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बन्न पुगेको हो ।
आज ३५ जनासहित ७६ जनामा पोजिटिभ नतिजा आएको छ । चैत ४ गतेदेखि नै क्याम्पस बन्द गरिएको छ । घोषित परीक्षाहरु पनि सरेको छ । अहिलेसम्म क्याम्पसमै क्वारेन्टिन बनाएर संक्रमित विद्यार्थीलाई राखिएको छ भने नतिजा नेगेटिभ आएका विद्यार्थीलाई घर पठाइएको छ । चौथो सेमेस्टरका विद्यार्थी र संक्रमितहरुलाई बाहेक अरुलाई घर जान सक्ने र क्वारेन्टाइनमा बस्न पनि सुझाएको छ । कोभिड पोजिटिभ विद्यार्थीलाई खाना बाहेक दैनिक १ सय रुपैंया खुराक खर्चका रुपमा १५ दिनसम्म दिने निर्णय पनि क्याम्पसले गरेको छ ।
कसरी भित्रियो डब्लूआरसीमा कोरोना ?
कोरोना भाइरसको दोस्रो लहर चलिरहेको भारतको सीमावर्ती पुगेर फर्केका विद्यार्थीबाट क्याम्पसमा कोरोना फैलिएको आशंका गरिएको छ। त्यहाँबाट फर्केपछि नै विद्यार्थीहरुमा संक्रमण देखिन सुरु भएको हो ।
एक विद्यार्थीका अनुसार जियोम्याटिक्सका ४२ जना विद्यार्थीसहित केही शिक्षक जनकपुर, बिराटनगर लगायका भारतीय सीमावर्ती क्षेत्रमा भ्रमणमा गएका थिए । उनीहरु फर्केपछि भ्रमणमा सहभागी एक विद्यार्थी रुघा, खोकी र ज्वरोले थलिए । त्यसपछि कोरोनाको आशंकामा कोभिड परीक्षण गर्दा चैत १ गते नतिजा पोजिटिभ आयो । अहिलेसम्म संक्रमितको संख्या ७६ पुगिसकेको छ । ७५ जना विद्यार्थी हुन् भने १ जना शिक्षक हुन् ।
एक जनामा पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य डेढ दर्जनको स्वाब परीक्षण गराउँदा चैत २ गते नै थप ७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती ७ जनाको पनि सम्पर्कमा रहेकाहरु १ सय १९ जनाको स्वाब लिँदा ३२ जनाको रिपोर्ट पोजिटिभ आयो । आज फेरि ३५ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ६४० जनाको स्वाब परीक्षण भइसकेको जनाइएको छ ।
क्याम्पसमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी करिब २ हजार रहेकोमा होस्टलमै ४ सय जना बढी बस्छन् । अहिले विभिन्न तहका विद्यार्थीलाई बिदाई कार्यक्रम चलेकाले झनै बढी फैलिएको आशंका गरिएको छ ।
परीक्षा स्थगित
यस्तै, क्याम्पसमा गत वर्षदेखि नै स्थगित भएको परीक्षा सञ्चालन तयारीको अन्तिम अवस्थामा आएर फेरि स्थगित भएका छन्। चैत ३ गतेदेखि स्नातक तहका सबै वर्षका परीक्षा सञ्चलन गर्ने परीक्षा नियन्त्रण महाशाखाको तयारी थियो। सुरुमा ७ दिनको मात्र स्थगित गरिएकोमा झनै अवस्था विकराल बन्दै गएपछि सबै परीक्षा स्थगित गरिएको छ ।
परीक्षा नियन्त्रण महाशाखाका डिन प्रा.डा. ज्ञानबहादुर थापाले विद्यार्थीमा देखिएको कोरोना भाइरसले महामारीको रूप लिन सक्ने भएकाले सबै परीक्षा स्थगित गरेको विज्ञप्ति मार्फत जनाएका छन् ।

पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लूआरसी) कोरोनाको हटस्पट ! ८ जनामा संक्रमण, परीक्षा स्थगित
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो