मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ ।
आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ ।
बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ ।
यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहने पूर्वानुमानमा उल्लेख छ ।
देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा पनि आंशिक बदली हुन सक्ने पूर्वानुमान गरिएको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूस्रपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’