स्याङ्जाको जङ्गलमा लागेको आगो बस्तीमा पुग्यो, १५ बाख्रा मरे

स्याङ्जाको जङ्गलमा लागेको आगो बस्तीमा पुग्यो, १५ बाख्रा मरे

ago

स्याङ्जा । जंगलमा लागेको आगो बस्तीमा पुगेको छ । स्याङजाको तल्याङ नगरपालिका ७ दारेगैँडास्थित लुसने मा लागेको आगो मानव बस्तीमा पुगेको हो । पाखो जङ्गलमा लागेको आगो नियन्त्रण नहुदाँ बस्ती सम्म पुगोका हो । दिउँसो साढे १ बजे एकासि आगो बस्तीमा देखीएको स्थानीयबासीले बताएका हुन् ।

बस्तीमा पुगेको आगोले स्थानीय ७० वर्षीया भागीराथी पाण्डेको खरले छाएको, माटो र ढुंगाले बनेको दुई तले घर, अनि छेउकै गोठमा क्षति पुगेको छ । भागीराथीका सात र अर्का स्थानीयकोसहित गरी १५ वटा बाख्रा मरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आगलागी भएको जानकारी पाएपछि वडाध्यक्ष रामबहादुर गुरुङ घटनास्थलतर्फ लागेका छन् । आगो बाट कुनै पनि मानवीय क्षति भएको छनै । घर र गोठमा लागेको आगो नियन्त्रणमा आए पनि पाखोको आगो निभाउन प्रयास भइरहेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ