हामीमाझ होली पर्व नजिकिएको छ । उमंगको यो पर्व पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदैछ । तर रंगहरुको यो पर्वमा केहि सावधानी भने अपनाउनु पर्दछ ।
अन्यथा जथाभावी रंग खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्या आउनसक्छ । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । साथै रंगले दमका रोगीहरूलाई बढी दुःख दिन्छ ।
स्मरण रहोस्, होलीमा खेलिने रंग, अबिर आदिमा प्रायः रसायन मिसाइएको हुन्छ । जसको प्रयोगले छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिन सक्छ । रंगको बढी उपयोगले छाला सुक्खा हुने तथा रंगमा भएका रसायनले छालाको भित्री सतहलाइ नोक्सान पु-याउँछ ।
होलीको रंगमा, हरियो रंग कपर सल्फेट (नीलो तुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।
हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । साथै छाला रोग पनि हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ ।
चम्किलो रंग क्यान्सरको कारक बन्न सक्छ । नीलो रंगले छालामा एलर्जी गराउन सक्छ । रातो रंगले छालाको क्यान्सर हुन सक्छ । त्यसैले होलीमा रंग खेल्दा विशेष सावधानी अपनाउन आवश्यक छ । साथै अरुलाई असर नपर्ने गरी होली खेल्नु पर्दछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती