स्याङ्जामा गाडी दुर्घटना:आठ जना घाइते

स्याङ्जामा गाडी दुर्घटना:आठ जना घाइते

Pokhara bus accident

प्रतिकात्मक तस्बिर

स्याङजा वालिङ नगरपालिका –७ बिसाउनीराजमा गाडी दुर्घटना परेको छ । ग १ ख ९५९४ नम्बरको गाडी दुर्घटना हुँदा १० जना सवार मध्य ८ जना घाइते भएका छन् । पाकोटबाट वालिङ जाँदै गरेको गाडी उकालोमा चालकले गाडी रोकेर ब्याक भएर दुर्घटनामा परेको हो।

गाडी सडकबाट १५ मिटर तल खसेको हो। वालिङ-१३ की २३ वर्षीया साबित्रा गैरे, भिरकोट नगरपालिका-१ की ३४ वर्षीया सातुमा खातुन, उनकी १० वर्षीया छोरी अफ्रिया खातुन, ३१ वर्षीय मजबुन मिया, उनकी छोरी १० वर्षीया महबुदा खातुन र ३ वर्षीय छोरा महमद मिया घाइते छन्। त्यस्तै, १४ वर्षीय जदिदा खातुन, पुतलीबजार नगरपालिका-१० का २७ वर्षीय फालिदा बेगम पनि घाइते छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ