गुलाबी ओठ बनाउने यि हुन् घरेलु उपायहरू

गुलाबी ओठ बनाउने यि हुन् घरेलु उपायहरू

gulabi pink lips

गुलाबी ओठ कस्लाई मन पर्दैन होला र रु तर आजकाल व्यस्त जिवनशैलीले, अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यसैले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि हाम्रो आठ कालो भइदिन्छ । मानिसहरू आफ्नो ओठमा गुलाबी बनाउनका लागि विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले आठको प्राकृतिक चमकलाई फर्काउन सक्छ । यस्ता छन् ओठलाई गुलाबी बनाउने घरेलु उपाय :

बेसार र तिलको तेलको लेप

आधा चम्चा तिलको तेलमा एक चिम्टी बेसारलाई मिलाएर लेप बनाउने । त्यो लेपलाई ओठमा लगाएर हल्का मसाज गर्ने त्यसपछी ३० मिनेटसम्म छाडिदिने । त्यसपछी मन तातो पानीले धुने । यो प्रक्रिया दिनमा एक पटक गर्ने । बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुनेछ ।

तिल र नरिवलको तेलको लेप

सानो कचैरामा आधा चम्चा तिल र आधा चम्चा नरिवलको तेललाई राम्रो संग मिलाउने । त्यो तेललाई राती सुत्नु भन्दा अगाडी ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गर्ने । यस्ले तपाईको ओठलाई गुलाबी र कोमल बनाउछ ।

जैतुनको तेल र चिनी

जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दाने । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ ।

गुलाबको पत्ता

ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने।

कागती

कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ