सपनामा मृत्यु देख्नुको मतलव के ? पैसा देख्नुको मतलब पनि बुझ्नुहोस्

सपनामा मृत्यु देख्नुको मतलव के ? पैसा देख्नुको मतलब पनि बुझ्नुहोस्

death in dream

सपना मनको एक विशेष अवस्था हो जसमा वास्तविकताको आभार हुन्छ । सपना न त जागृत अवस्थामा देखिन्छ न नै निद्रामा । यो दुईको बीचको अवस्था हो । सपना देख्नुको पछाडि खानपिन र रोगको पनि ठूलो भूमिका पनि हुन्छ । यसको पछाडि ग्रह र राशि पनि जिम्मेवार हुन्छन् । वायु र जल तत्वका राशि भएकाहरुले बढी सपना देख्छन् । तर हरेक सपनाका कुनै अर्थ हुँदैन । धेरैजसो सपना निरर्थक हुन्छन् ।

धेरैजसो सपना मनको विचार वा रोगका कारण पैदा हुन्छन् । यस्ता प्रकारको सपनाले वर्तमान वा भविष्यमा कुनै प्रभाव पार्दैनन् । पारे पनि असाध्यै न्यूनतम प्रभाव पार्छन् । केही सपना चेतावनी स्वरुप वा सूचना स्वरुप देखिन्छन् र यही सपना वास्तवमा महत्वपूर्ण हुन्छन् । यस्ता सपनाले तपाईंलाई भविष्यमा देखापर्ने शुभ–अशुभ घटनाबारे बताउँछ । बिहान वा अचानक रुपमा देखिने सपना साधारणतया सत्य हुन्छन् ।

आकाश वा हावासँग सम्बन्ध राख्ने सपनाले बताउँछ कि तपाईंको कुराको सन्तुलन बिग्रिएको छ । यदि पानी, झरना वा नदी अर्थात् जलसँग सम्बन्धित सपना देख्नुहुन्छ भने बुझ्नुहोस् कि तपाईंको कफ तत्व गडबड छ । यदि आगो, सूर्य वा ज्वालामुखीको सपना देख्नुहुन्छ भने यसले तपाईंको असन्तुलित पित्तबारे जानकारी दिन्छ ।

कलमको फूल, हात्ती, बाँदर, हाँस र गाईको सपना निकै शुभ मानिन्छ । यस्ता सपना धन सम्पत्ति र सन्तानको वरदान हुनसक्छ । सपनामा सर्प देखिँदा तपाईंको लापरवाहीले तपाईंलाई मुश्किलमा पार्नसक्ने इंगित गर्छ । आफ्नो जिम्मेवारीप्रति लापरवाही नहुनुहोस् । साथै तपाईंको कुनै काम अधुरै छ भनेर पनि यसले ईशारा गर्छ ।

यदि सपनामा कुनै व्यक्तिको मृत्यु देख्नुभएको छ भने ती व्यक्तिमा आएको संकट स्थगित भएको छ । उनको आयु बढेको छ । यदि सपनामा पहिले नै मृत्यु भइसकेका मानिसहरु देख्नु हुन्छ भने यसको अर्थ उनीहरुको इच्छा अतृप्त छ वा तपाईंलाई कुनै प्रमुख घटनाबारे आभाष दिइरहेको छ ।

यदि सपनामा कुनै व्यक्तिमाथि वा आफैंमाथि कुनै दुर्घटना भएको देख्नुभयो भने तपाईं सावधान हुनुपर्छ । कुनै उत्सव वा पार्टीको सपना देख्नुभयो भने तपाईंलाई बिरामीमा पर्नसक्ने संकेत पनि हुनसक्छ ।

यदि सपनमा आफूले र अरु कसैले पूजा पाठ गरेको देख्नुभयो भने तपाईंले कुनै ठूलै लाभ पाउने संकेत हो । विशषेगरी जागिरसँग सम्बन्धित लाभ हुनसक्छ ।

यदि सपनामा पैसा, गर–गहना देख्नुभयो भने यो बिरामीको संकेत हो । तपाईं बिरामी पर्न सक्नुहुन्छ वा तपाईंको जागिर जान सक्छ । यदि मन्दिर वा देवी देवताको सपना देख्नुहुन्छ भने यो तपाईंको संस्कार कस्तो छ भनेर सूचना दिन्छ । यदि खानपिनका चिज सपनामा देख्नुहुन्छ भने यसले स्थान परिवर्तनको संकेत दिन्छ ।

सपनामा सेतो खानेकुरा देख्नु तपाईंको जीवनमा कुनै ठूलो परिवर्तको संकेत हुनसक्छ । साधारणतया यस्तो सपनाले कुनै ठूलो समस्याबाट मुक्ति दिलाउने गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds