नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने : मौसम पूर्वानुमान

नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने : मौसम पूर्वानुमान

Kathmandu-tuwalo

काठमाडौं – नेपालमा वायु प्रदूषण तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ ।
काठमाडौँसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको विभागले जनाएको छ । काठमाडौँ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ ।

काठमाडौँ उपत्यकाको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

यस्तो वायु प्रदूषण हनिकारकले मानवको श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् । अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ