आँधिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

आँधिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

current fish

सांकेतिक तस्विर

स्याङ्गजा – करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ ।

जिल्लाको भिरकोट नगरपालिका वडा नं -७ हेलुस्थित शनिबार दिउँसो अन्दाजी १:५५ बजेको समयमा आँधिखोलामा मेनलाईनबाट तार सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा सोही स्थानको लामाचौर -७ निवासी ३४ वर्षीय विवेक खाँणको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाईते खाँणलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएपनि  उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ