आइपीएलमा दिल्लीसँग धोनीको टिम पराजित

आइपीएलमा दिल्लीसँग धोनीको टिम पराजित

delhi capitals

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

मुम्बईमा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको हो ।

१८९ रनको लक्ष्य दिल्लीले १८ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । दिल्लीका लागि शिखर धवनले ५४ बलमा ८५ तथा पृथिवी शवले ३८ बलमा ७२ रनको योगदान दिए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेत लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले सात विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ३६ बलमा ५४, माइन अलीले २४ बलमा ३६, रवीन्द्र जडेजाले १७ बलमा २६ तथा अक्बाती रायडुले १६ बलमा २३ रन बनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds