नेपाली जनताले बाह्य दुश्मनसँग आफ्ना सेनासँगै मिलेर भिड्नुपर्ने दिन आउला, नआउला वा कहिले आउला ? कुनै टुंगो छैन । तर, सेनाचाहिँ जस्तोसुकै अवस्थाको निम्ति पनि तयारीको मानसिकताका साथ सामूहिक अभ्यासमा जुटिसकेको छ ।
सन् १९७५ मा ५८ हजार अमेरिकी सेनाको ज्यान जाने गरी भियतनाममा भएको युद्धमा झैँ जनतासँग मिलेर युद्ध गर्ने अभ्यासतर्फ अहिले नेपाली सेना अग्रसर भएको हो । नयाँ सुरक्षा नीतिअनुसार माटो सुहाउँदो संरचना खडा गर्ने काममा नेपाली सेना अग्रसर छ । ‘थ्री प्लस वन’ (तीन बराबर एक) को कमाण्ड बनाउने योजनाअनुसार विभिन्न तीन पृतना गाभेर एउटा–एउटा बनाउने कामको कागजी तयारी पूरा भएको छ । आउँदो आर्थिक वर्ष हुने बजेट विनियोजनलगत्तै त्यो योजना कार्यान्वयन पनि हुँदैछ । यस्तो गर्दा विद्यमान पृतना मुख्यालयको संरचनालाई कोशी, गण्डकी र कर्णालीमा परिणत गरिनेछ ।
यसअनुसार, मध्यपूर्वी पृतनाअन्तर्गत सिरहाको भिमानमा हेलिकोप्टर र हतियारको व्यापक संयोजन र जनतासँग मिलेर विदेशीसँग लडिने लडाइँको अभ्यास चलेको हो । भिमान, बर्दिबास आसपासका जंगलमा गतहप्ता नेपाली सेनाका चार हजार जनाले गुप्त अभ्यास गरेका छन् । यो रणनीतिअनुसार विदेशीसँग लडाइँ गर्नुपर्ने अवस्था आएमा हात–हतियार, बन्दोबस्तीका सामानदेखि सैनिक लडाकुसमेत जनताको बीचमा घुलमिल हुनुपर्छ । यो भनेको विदेशी फौजले सेना हुन् कि सर्वसाधारण पत्तो नपाउने गरी युद्धमा सामेल हुने नीति हो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग