च्याम्पियन्स लिग: चेल्सी र पीएसजीले बनायो सेमिफाइनलमा स्थान

च्याम्पियन्स लिग: चेल्सी र पीएसजीले बनायो सेमिफाइनलमा स्थान

Baryan

साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १-० ले पराजित भए पनि समग्रमा नतिा ३-३ को बराबरी हुँदा पीएसजी अवे गोलको आधारमा अघि रहेको हो ।

पीएसजीले पहिलो लेगमा बायर्नलाई ३-२ ले हराएको थियो ।

दोस्रो लेगमा पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

गत सिजन बायर्नले फाईनलमा पीएसजीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । पीएसजीले त्यसको बदला समेत लिएको छ ।

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भए पनि समग्रमा जित हात पार्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।
पहिलो लिग २-० ले जितेको चेल्सीले समग्रमा २-१ को जित हात पार्दै अन्तिम चारमा पुगेको हो ।

सेभिलस्थित रामोन सान्चेज मैदानमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले इन्जुरी टाईममा गोल गरे ।

अब चेल्सीले सेमिफाइनलमा रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ