सिरानी मुनी लसुन राख्नुस्, यस्ता छन् फाइदाहरु..

सिरानी मुनी लसुन राख्नुस्, यस्ता छन् फाइदाहरु..

Garlic-Lasun

लसुन प्राय सबैको भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही लसनलाई खाना स्वादिष्ट बनाउनको लागि मात्र नभई उपचारमा पनि प्रयोग गरिदै आएको छ । लसुनलाई आयुवेर्दिक औषधीको रुपमा पनि लिइन्छ । यसका साथै लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ ।

किन राखिन्छ सिरानीमुनि लसुन ?

सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ । त्यस्तै, मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् । तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ ।

लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । एक पटक प्रयाग गर्नुहोस्, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ