भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

india corona

PHOTO: REUTERS

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो ।

हाल गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये आठ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार दिउँसो सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

चैत २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित विकले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ