आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

Rajasthan IPL

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो ।

वान्खडे स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनायो । राजस्थानका लागि डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै क्रिस मोरिसले ३६ रन बनाउँदा राहुल तिवातीयाले १९ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि आभास खानले सार्वधिक तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र क्रिस वोक्सले समान दुई-दुई विकेट लिए ।

यसअघि टस हरेर पहिले ब्याटिङ टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दिल्लीका पाँच ब्याट्सम्यान दोहोरो अंक नजोडेर आउट भए । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले सर्वाधिक ३ विकेट लिए । मुस्तफिजुर रहमानले २ विकेट लिँदा क्रिस मोरिसले १ विकेट हात पारे ।

आजको खेलमा जित निकालेसँगै राजस्थानले लिगमा २ खेलबाट २ अंक जोडेको छ । राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । यता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ