अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने

अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने

mausam

प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार देशका सातै प्रदेशमा आउँदो साता बदली र वर्षाको सम्भावना रहेको छ ।

वर्षा शुक्रबारदेखि राजधानी उपत्यका लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।साताका अधिकांश दिनमा हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । तराईका भूभागमा साताको सुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यसैगरी प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ ।

यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायु दुवै सक्रिय छन् । प्रीमनसुनको झन्डै दुई महिनासम्म वर्षा हुन नसके पनि अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पु¥याउने उनले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds