आईपीएल : चेन्नई सुपर किंग्सको पहिलो जित

आईपीएल : चेन्नई सुपर किंग्सको पहिलो जित

csk

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ मा पहिलो जित हात पारेको छ । चेन्नई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

जितका लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए ।

साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए ।

झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । एक समय २६–५ को कमजोर अवस्थामा पुगेको पन्जाबलाई छैटौं विकेटका लागि महत्वपूर्ण ३१ रनको साझेदारी गरेका थिए । पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो । आज साँझ हुने खेलमा मुम्बई इण्डियन्स् र सनराइजर हैदराबादबीच प्रतिष्पर्धा हुन् छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds