आपतकालीन प्रयोगको लागि रुसी खोपलाई नेपालमा अनुमति

आपतकालीन प्रयोगको लागि रुसी खोपलाई नेपालमा अनुमति

corona vaccine

काठमाण्डौ – रुसी खोप स्पुतनिक भी ले नेपालमा प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

भारतले गत चैत ३१ गते नै कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको थियो ।

भारतमा रुसी खोप उत्पादन र वितरण गर्ने कार्य डा.रेड्डीज ल्याबोरेटोरिजले गर्छ । रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा स्पुतनिक भी खोप विकास गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ