भारतसँगको सीमा बन्द नगरे नेपालले ठूलो क्षति ब्यहोर्नुपर्ने

भारतसँगको सीमा बन्द नगरे नेपालले ठूलो क्षति ब्यहोर्नुपर्ने

coronaa

भारतसँगको सीमा बन्द नगरे नेपालले ठूलो जनधनको क्षति ब्यहोर्नुपर्ने निश्चित भएको छ । भारतलाई कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बनाउँदै लगेको छ। कोरोना संक्रमितको तथ्यांकले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ।

खुला सीमा रहेको नेपालले अब पनि सीमामा कडाई नगरे त्यहाँ भन्दा बढी समस्या भोग्न पर्नेछ । आवश्यकता अनुसार स्वास्थ्य पूर्वाधार नभएको बेला पहिले भन्दा पनि अहिले झनै विकराल समस्या आएमा कसरी थेग्ने ? सत्ताको खेलमा रहेको सरकार, दलहरु, दलका नेताहरुलाई पत्तो नै छैन ।

देशभर बुधवार २४ घण्टामा ३ लाख १५ हजार ४७८ नयाँ संक्रमित थपिएका छन्। यही अवधिमा एकै दिन २ हजार १०१ मानिसले ज्यान गुमाएका छन्।

भारतमा लगातार दोस्रो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार माथि पुगेको हो। भारतमा अहिले पनि २२ लाख ८४ हजार २०९ बिरामीको उपचार चलिरहेको छ। बुधवार रेकर्ड १ लाख ७९ हजार ३७२ बिरामी निको भए।

संक्रमणबाट अहिलेसम्म भारतमा १ लाख ८४ हजार ६७२ को ज्यान गइसकेको छ। मंगलवार २ लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए। त्यही दिन २ हजार २१ संक्रमितको ज्यान गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds