पाँचौं पोखरा स्पोर्टस् अवार्ड विशेष: पावरफूल पार्वती

पाँचौं पोखरा स्पोर्टस् अवार्ड विशेष: पावरफूल पार्वती

parbati gurung (4)

वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा उत्कृष्ट ३ मनोनयनमा परेकी पार्वती गुरुङ तेक्वान्दो खेलाडी हुन् । तेक्वान्दोको पुम्से विधाको ¥याङ्किङमा नेपालकै नम्बर १ पार्वती नेपाली प्रहरीमा आवद्ध छिन् ।

नेपालबाट एशियन गेम्समा कसैलाई पठाउनु प¥यो भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो । साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।

यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् ।

लमजुङको दूधपोखरी गाउँपालिका ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा उनी कान्छी हुन् । २ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती भने पहिले करियर बनाएपछि मात्र विहे गर्ने सोचमा छिन् ।

९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन । राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् ।

चीन हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । सो विधामा पार्वतीसहित तेक्वान्दोकै प्रशंसा क्षेत्री र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । विजेताले २ लाख सहित अवार्ड प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ