पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः प्रगतिपथमा प्रशंसा

पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः प्रगतिपथमा प्रशंसा

prasamsa chhetri (4)

पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गरेकी प्रशंसा क्षेत्रीलाई एक दिन बावुले तेक्वान्दो सिक्न लगे । शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना भएर उनले आफ्ना गुरु कृष्ण श्रेष्ठसँग खेल सिक्न थालिन् । त्यस बेला १३ वर्षीया सुन्दरी प्रशंसालाई बिस्तारै विभिन्न कौशलले मोह लाग्यो । त्यस दिनदेखि सुरु भएको खेल यात्राले सागमा स्वर्णसम्म चुमेको छ ।

अभिभावक बावुले हात समाउँदै डोजाङ पु¥याएको त्यो क्षण उनलाई ताजै छ । प्रशंसा भन्छिन्, ‘बुवा अहिले संसारमा हुनुहुन्न । यदि उहाँ भएको भए कति खुसी हुुनुहुन्थ्यो होला ।’

सागमा पहिलोपल्ट तेक्वान्दोमा (पुम्से विधा) १३ औं संस्करणदेखि सुरु भएको हो । प्रशंसाको अन्तर्राष्ट्रिय सहभागिता पनि यहीबाट भयो । यसरी पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर नाम चम्काउन सफल भएकी हुन् ।

२०५१ सालमा जन्मेकी उनको जन्मस्थल स्याङ्जाको हरिनास गाउँपालिका–२, चिसापानी हो । बावु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उनका १ दाइ र २ भाइ छन् । स्याङ्जाबाट पोखरा बसाइँ सरेसँगै उनले सिद्ध माविबाटै एसएलसी उत्तीर्ण गरिन् । जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै प्रगतिपथमा अगाडि बढेकी उनले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत जितेकी छन् । पछि राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा सहभागिता जनाएकी थिइन् ।

सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिडिन् । पछि गुरुहरुको सल्लाहमा पुम्से खेलेको बताइन् । हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनमा भाग लिने लक्ष्य छ । ‘रहरै रहरमा लागियो । गेममा केही गर्न सकिन्छ कि भनी कठोर मिहिनेत गरिराखेकै छु,’ उनी आशावादी बनिन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘राम्रो फिल भएको छ । जन्मस्थल स्याङ्जा भए पनि कर्मस्थलो पोखरा हो । आफ्नो गाउँठाउँमा सम्मान पाउनु भनेको ठूलो कुरा हो । गण्डकी प्रदेश भनेको मेरो अभिभावक हो ।’

यो विधामा प्रशंसा सहित तेक्वान्दोकै पार्वती गुरुङ र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । उत्कृष्टले २ लाख सहित अवार्ड प्राप्त गर्ने मञ्चका महासचिव एवं प्रचार संयोजक विजय नेपालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds