पोखरा । पृथ्वीनारायण क्याम्पस प्रशासनले मंगलबार विद्यार्थीहरुबीच भएको झपडको विषयलाई लिएर दुःख व्यक्त गरेको छ । क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले विज्ञप्ती जारी गर्दै झडपले क्याम्पस प्रशासनलाई दुःखित तुल्याएको बताउँदै छलफल र वार्ता मार्फत खोज्न सकिने उल्लेख गरेका छन् ।

बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले शुल्कमा छुट्, लाइब्रेरीको उचित व्यवस्थापन, अनलाइन कक्षाका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पूरा नभएपछि तालाबन्दी गर्ने क्रममा दुई समूहबीच झडप हुदाँ राम अधिकारी, प्रभात लामिछाने लगायतका विद्यार्थी घाइते भएका थिए ।
विद्यार्थीहरुका अनुसार बाह्य व्यक्तिहरु रड समेत लिएर आएर कुटपिटमा उत्रेका थिए । माधव पक्षका अनेरास्ववियूले भने ओली पक्षका विद्यार्थीहरु संलग्न भएको आरोप लगाउँदै कुटिएका विद्यार्थीहरुलाई सहानुभूति दिने प्रयास गरेका थिए । तर, घटनामा राजनीतिक रंग मिसाएको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् । ओली पक्षीय अनेरास्ववियुले भोलि बैठक बसेर घटनाबारे बोल्ने बताएको छ ।
आन्दोलनमा राजनीति जोडिएकोमा विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण
एशोसियसन अफ सिएसआईटी स्टुडेण्ट, पृथ्वीनारायण क्याम्पसले एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई राजनीतिक संगठनसँग लगेर जोडिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलन सिएसआईटी विद्यार्थीहरुले नै आयोजना गरेको सम्पूर्णमा जानकारी गराउँदै आन्दोलनमा केही व्यक्तिहरुद्वारा हस्तक्षेप भएको प्रति घोर आपत्ति जनाइएको छ ।
अध्यक्ष रुपक बास्तोलाले जारी गरेको विज्ञप्ति यस्तो छ:

पीएन क्याम्पसमा विद्यार्थीमाथि रड प्रहार! (भिडियोसहित)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो