सल्यान जिल्लामा ११ वर्षीया किशोरीसँग विवाह गरेको आरोपमा १४ वर्षीय बेहुलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका १४ वर्षीय बेहुला, उनका बुवा र भाउजूलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
बैशाख १३ गते राति खाना खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै ती किशोरको घरमा पुगेर छोरीलाई फिर्ता ल्याइ प्रहरीकहाँ पुगेका थिए।
कक्षा ६ मा पढ्दै गर्दा छोरीलाई भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दुबै बालबालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको बुझिएको छ। यस घटनामा बाल विवाहसँगै बलात्कार समेत भएको भन्दै जाहेरी आएकाले सोही अनुसार मुद्दा प्रकृया अघि बढाइने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिएका छन्।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका