पोखरा । हरेक जसो कार्यक्रममा प्रमुख वक्ता नै प्रमुख आमन्त्रित व्यक्ति हुने गर्दछन् । तर, मन्त्री पद सम्हालेपछि पहिलो औपचारिक कार्यक्रममा नै राजिव गुरुङ (दीपक मनाङे) नबोल्दा कार्यक्रमका सहभागीहरु दंग परे ।
विभागीय मन्त्रालय सम्हालेका कारण कास्की जिल्ला खेलकुद विकास समितिको शुक्रबार पदस्थापन समारोहमा मन्त्री गुरुङलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । उनकै समुपस्थितिमा नयाँ समितिका पदाधिकारी सदस्यहरुलाई पदभार ग्रहण गराइएको थियो । तर, उनले प्रमुख अतिथिको मन्तव्य दिएनन् । ‘किन नबोल्नुभएको ?’ भन्ने प्रश्नमा उनले उठ्दा उठ्दै भने – ‘हैन, नबोलेको हैन, बोलिरहेको छु । अघि पनि बोले, अहिले पनि बोल्छु । यो बोलेर हुने होइन क्या, काम गर्ने हो ।’
मन्त्री गुरुङ नबोल्ने मान्छे भने होइनन् । कार्यक्रम सुरु हुनुअघि झण्डै ४५ मिनेट क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षको कार्यकक्षमा राखेप सदस्य राजेश गुरुङलगायतसँग गफिएका थिए ।
कार्यक्रमपछि पनि झण्डै आधा घण्टा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ (शिव), सचिव भीम पराजुली, कोषाध्यक्ष कञ्चन थापा लगायत खेलकुदकर्मीसँग गफिए ।पोष्ट म्याच कन्फरेन्स जस्तो गत महिना सम्पन्न आहा रारा गोल्डकपबारे आफ्नो टीम मनाङ मस्र्याङ्दीकै चर्चा गरे । विविध कुरा कोट्याएर अन्तिममा मनाङ मस्र्याङ्दी क्लब नै जोड्थे ।
सहारा क्लबको पनि चर्चा गरे । उनले क्लबलाई पैसा नदिने तर आश्रित बालबालिकाका लागि आवश्यक खाद्यान्न सामाग्री आफै खरीद गरिदिने समेत बताए । ‘सरकारले गर्नुपर्ने काम सहाराले गरेको छ । उसलाई सहयोग गर्ने हो । तर सरकारको पैसा बचाउनुपर्छ नि त । बच्चाहरुलाई खाने कुरा हामी नै किनिदिने हो ।’ गुरुङले फेरि मनाङ मस्र्याङ्दी जोडे ‘हामी मनाङ मस्र्याङ्दी नि सहयोग संकलन गरेरै चलाएको हो के ।’
उनले थपे – ‘सहाराको दरबार जस्तो घर रैछ । ल हेर्नुस् त हाम्रो प्रदेश सदस्य सचिवको बस्ने कार्यालय छैन ।’ उनले पत्रकारलाई क्यामेरा बन्द गर्न लगाउँदै भने – ‘पत्रकारहरुको अगाडि भन्नु हुन्न । ल क्यामेरा अफ गर्नुस् त ।’
उनी जेलका कुरा, त्यहाँको खाने कुराका बारेमा बोल्दै थिए, एक्कासी ‘ल अब उठौं’ भने । अनि, पोखरा रंगशाला निरिक्षणका लागि सबै बाहिरिए ।
कास्की जिल्ला खेलकुद समितिको पदस्थापना, नवनियुक्त मन्त्री गुरुङको आतिथ्यता (तस्वीरहरु)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो