५१ विधामा रेकर्ड राख्ने उपाध्यायको विश्वकै छोटो गीत सार्वजनिक [भिडियोसहित]

५१ विधामा रेकर्ड राख्ने उपाध्यायको विश्वकै छोटो गीत सार्वजनिक [भिडियोसहित]

Nadhati-vhana-timi-song_large

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले विश्वकै छोटो गीत सार्वजनिक गरेका छन्। ‘नढाटी भन तिमी’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको छ । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ। गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’

यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा दर्ज भएको छ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ