थप ७ हजार १३७ जनामा संक्रमण, उपत्यकाका मात्रै तीन हजार ५९५ संक्रमित भेटिए

थप ७ हजार १३७ जनामा संक्रमण, उपत्यकाका मात्रै तीन हजार ५९५ संक्रमित भेटिए

jageswor gautam

काठमाण्डौ – नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भने, सोही अवधिमा २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ