दिवेश ‘आर्थर गन’ अमेरिकी आइडलको टप सेभेनमा

दिवेश ‘आर्थर गन’ अमेरिकी आइडलको टप सेभेनमा

E0bEZOjXEAsPLxn

दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ अमेरिकी आइडलको टप सेभेनमा प्रवेश गरेका छन् । गायन रियालिटी सोले अफिसियल ट्वीटरमार्फत उक्त जानकारी गराएको हो ।

अघिल्लो १८ औं संस्करणमा दोस्रो बनेका पोखरेल पछिल्लो संस्करणमा भने उत्कृष्ट सातमा पसेका हुन् । १८औं संस्करणका उपविजेता समेत रहेका पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन् ।

यसअघिको सिजनका १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने अवसर पाएका थिए। दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्रकर जुनियर, सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स, ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन् ।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो ।

गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दाबेदारका रुपमा व्याख्या गरेका थिए । तर त्यो वर्ष धेरै भोट पाएर जस्ट स्याम विजेता भएकी थिइन् ।

नेपालमा जन्मिएका पोखरेलको गायकीलाई अमेरिकी आइडलका निर्णायकले रुचाउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ