काठमाण्डौ–बागलुङको ४ हजारसम्म भाडा असुल्नेलाई हत्कडी, स्याङ्जाका मिलन पक्राउ

काठमाण्डौ–बागलुङको ४ हजारसम्म भाडा असुल्नेलाई हत्कडी, स्याङ्जाका मिलन पक्राउ

pakurau

कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेका बेला कतिपय चार्टड जहाजमा बढी पैसा तिरेर भएपनि आफ्नै गाउँघर फर्किरहेका छन् । कोहि भने यही मौका पारी कालाबजारी गर्ने, बढी पैसा लिने, निजी हस्पिटलहरु ढाड सेक्ने गरी पैसा असुल्ने गरिरहेका छन् ।

यसरी नै विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने यातायातका कर्मचारी प्रहरी फन्दामा परेका छन् । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारी तेब्बर भाडा उठाइरहेको भेटेपछि ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।

बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तेब्बर चौरल भाडा उठाइरहेका स्याङ्जा चापाकोट ७ घर भएका ३० वर्षीय मिलन सारु मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

९ सय भाडा तोकिएकोमा उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएको भेटिएको थियो । बससहित उनलाई पनि महानगरीय प्रहरी वृत महाराजगञ्जमा नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ