काठमाण्डौ–बागलुङको ४ हजारसम्म भाडा असुल्नेलाई हत्कडी, स्याङ्जाका मिलन पक्राउ

काठमाण्डौ–बागलुङको ४ हजारसम्म भाडा असुल्नेलाई हत्कडी, स्याङ्जाका मिलन पक्राउ

pakurau

कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेका बेला कतिपय चार्टड जहाजमा बढी पैसा तिरेर भएपनि आफ्नै गाउँघर फर्किरहेका छन् । कोहि भने यही मौका पारी कालाबजारी गर्ने, बढी पैसा लिने, निजी हस्पिटलहरु ढाड सेक्ने गरी पैसा असुल्ने गरिरहेका छन् ।

यसरी नै विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने यातायातका कर्मचारी प्रहरी फन्दामा परेका छन् । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारी तेब्बर भाडा उठाइरहेको भेटेपछि ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।

बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तेब्बर चौरल भाडा उठाइरहेका स्याङ्जा चापाकोट ७ घर भएका ३० वर्षीय मिलन सारु मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

९ सय भाडा तोकिएकोमा उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएको भेटिएको थियो । बससहित उनलाई पनि महानगरीय प्रहरी वृत महाराजगञ्जमा नियन्त्रणमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ