गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने उद्देश्यसहित बोलाईएको अधिवेशन आजबाट अन्त्य भएको हो।
मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेकी हुन्। ‘प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट प्राप्त पत्रानुसार प्रदेश सभाको चालु अधिवेशन मिति २०७८ साल वैशाख २७ गते सोमबार विहान १० बजेदेखि अन्त्य भएको व्यहोरा अनुरोध छ,’ गण्डकी प्रदेश सचिवालयले सूचना जारी गर्दै भनेको छ।
मुख्यमन्त्री गुरुङले भने हिजै राजीनामा दिएका छन्। गुरुङको राजीनामा आउनुअघिसम्म प्रदेश सभा सचिवालयले आज अविश्वास प्रस्तावको मत विभाजनका लागि तयारी गरेको थियो। गुरुङलाई हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले २ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। चालु अधिवेशन वैशाख १ गते राति नै अन्त्य भएकाले प्रतिपक्षीले वैशाख २ गते विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए। तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशनको आह्वान गरेका थिए।
अविश्वास प्रस्ताव उपर छलफलका लागि वैशाख १३ गतेदेखि विशेष अधिवेशन शुरु भएको थियो पनि। १४ गते सांसदको पिसिआर रिपोर्ट गर्नुपर्ने भन्दै प्रदेश सभा बैठक रोकिएको थियो। १५ गते अविश्वास प्रस्ताव उपर मतदान हुने दिन जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएका थिए।
सांसद शाहीलाई कारण देखाउदै सभामुखले बैठक अन्त्य गरेका थिए। अनिश्चित बनेको प्रदेश सभा बैठकलाई सुचारू गर्न गत बिहीवार बसेको कार्यपरामर्श बैठकले वैशाख २७ गते प्रदेश सभा बैठक डाकेकाे थियो। अविश्वास प्रस्ताव फेस गरिरहेका मुख्यमन्त्रीले अघिल्लो दिन आइतबार तीन बजे प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए। प्रदेश प्रमुखले गुरुङको राजिनामा स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ