‘अमेरिकन आइडल’ मा गत वर्ष उपविजेता दिवेश ‘आर्थर गन’ अहिले टप ७ बाट बाहिरिए

‘अमेरिकन आइडल’ मा गत वर्ष उपविजेता दिवेश ‘आर्थर गन’ अहिले टप ७ बाट बाहिरिए

american-idol-feature-arthur-gunn

नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन ) अमेरिकन आइडलको टप सातबाटै बाहिरिएका छन्।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन्।

सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनले, उत्कृष्ट ५ मा स्थान बनाउन सकेनन् । आइतबार मदर्स डे स्पेशल कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जितेन । दुई जना बाहिरिनु पर्ने शोको नियम अनुसार एक आर्थर गन थिए ।

कोरोना महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै अमेरिकन आइडलको आयोजकले यसपटक उनलाई यो संकरणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।

मौका पाएपछि आर्थरले ८ जनालाई भोटिङको आधारमा उछिन्दै उत्कृष्ट १० मा स्थान बनाएका थिए । यो चरणमा उनले सर्वाधिक भोट पनि पाएका थिए ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे थियो। उनले पनि साेही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ