अक्सिमिटर कालोबजारी गर्ने स्याङ्जा पञ्चमुलका अधिकारीसहित ७ जना पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने स्याङ्जा पञ्चमुलका अधिकारीसहित ७ जना पक्राउ

pakraau

मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरकालोबजारी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणहरुलाई बजार मुल्य भन्दा अधिक मुल्य लिई नक्कली अक्सिमिटर खरिद बिक्री गरि कालो बजारी गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

बजार मुल्य ६-७ सय पर्ने अक्सिमिटरहरु २२२० सम्म अधिक मुल्यमा बिक्री बितरण गरेको पाईएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु

१. जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ ।

२. जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय ।

३. जिल्ला स्याङ्जा पंचमुल गा.पा.-०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी ।

४. जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे ।

५. जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य ।

६. जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी ।

७. भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ