दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ ।
दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।
दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ ।
दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ ।
एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयमा दही पिउनुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो ।
राति कहिल्यैपनि दही खानु हुँदैन । मासु खानुभएको छ त बिर्सेर पनि दूध वा दही नखानुहोला । अनि बासी दही कदापि नखानुस् । मधुमेह भएकाहरूले दही नखाएकै राम्रो । रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले दही खानै हुँदैन ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही