दोस्रो डोज खोप लगाउनेलाई संक्रमण भएपनि जोखिम नहुने

दोस्रो डोज खोप लगाउनेलाई संक्रमण भएपनि जोखिम नहुने

Covishield_Vaccine covid khop

चिनियाँ भेरो सेल खोपको दोस्रो डोज आजदेखि लगाईंदै छ । तर भेरो सेलभन्दा एक महिना अगावै कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउँछन् अझै यकिन छैन । समयमै दोस्रो डोज नलगाए के हुन्छ त ?

कोभिसिल्ड खोपको पहिलो डोज १८ लाख २३ हजारभन्दा बढीले लगाएका थिए । तीमध्ये ३ लाख ७२ हजारले दोस्रो डोज लगाइसकेका छन् । उनीहरुले पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज पाएका हुन् । तर ६० वर्ष माथिका जेष्ठ नागरिक अन्य गरी १४ लाख ५१ हजार भन्दा बढीले दोस्रो डोज पाउन बाँकी छ । जेष्ठ नागरिकलाई फागुन २३ देखि पहिलो डोज दिइएको थियो । ८ देखि १२ हप्ताको मापदण्ड अनुसार उनीहरुलाई अबको तीन साताभित्र दोस्रो डोज दिइसक्नुपर्छ । तर सरकारसँग कोभिसिल्डको १ लाख डोज खोप मात्र बाँकी छ । थप खोप कहिले आउँछ स्वास्थ्य मन्त्रालयका अधिकारीसँग नै जवाफ छैन ।

विज्ञहरुका अनुसार पहिले संक्रमण भएकाहरुलाई खोपको पहिलो डोजले पनि काम गर्छ । तर पहिले संक्रमण नभएकाहरुमा भने पहिलो डोजले भाइरससँग जानपहिचान मात्र गराउँछ । दोस्रो डोज नलगाएसम्म ढुक्क हुँदैन । अर्थात पहिलो डोज मात्र लगाएकाहरुको तुलनामा दुवै डोज लगाउनेमा खोपको प्रभावकारिता बढी हुन्छ । १२ हप्ताभित्र दोस्रो डोज नपाएको अवस्थामा के हुन्छ भन्ने बारे भने अध्ययन भइसकेको छैन । अहिले पहिलो र दोस्रो दुवै डोज लगाएकाहरुमा पनि संक्रमण देखिरहेको छ । तर चिकित्सकका अनुसार एक डोज लगाउनेको तुलनामा दुवै डोज लगाउनेलाई सहज देखिएको छ ।

फागुन २३ देखि कोभिसिल्डको पहिलो डोज लगाएकाहरुको दोस्रो डोजबारे अन्योल रहँदा चैत २५ देखि भेरोसेलको पहिलो डोज लगाएका २ लाख ९० हजारलाई भने आइतबारदेखि दोस्रो डोज दिईंदैछ । – कान्तिपुर टिभीबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds