पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृत्यु भएको हो ।
तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा मृत्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।
नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल भारत सिमानामा नजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताए । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण बल प्रयोग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा